नियम ४८
भैपरी आउने र पर्व बिदा
(१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह्र दिन लिन पाउनेछ ।
(२) भैपरी आउने र पर्व बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) भैपरी आउने र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ ।
स्पष्टीकरण ः- यस उप नियमको प्रयोजनको लागि “आधादिन” भन्नाले दैनिक
कार्यालय समयको आधा समय सम्झनु पर्छ ।
(४) एक वर्षको भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्षमा लिन पाइने
छैन ।
(५) मौखिक अनुरोधको आधारमा पनि बिदा दिने अधिकारीले भैपरी आउने र पर्व
बिदाको स्वीकृति दिन सक्नेछ ।
तर यसरी भैपरी आउने र पर्व बिदाको स्वीकृति दिएकोमा बिदा दिने अधिकारीले
सोको अभिलेख राख्न लगाउनु पर्नेछ ।